दफा ४८
बाधा बिरोध तथा आपराधिक बल प्रयोग सम्बन्धी कसुर
देहायको कुनै कार्य गरेमा बाधा बिरोध तथा आपराधिक बल प्रयोग सम्बन्धी कसुर गरेको मानिनेछ ः-
(क) कुनै हुलदङ्गा, झगडा, हातपात वा कुटपिटमा संलग्न भएको अवस्थामा आपूभन्दा तल्लो दर्जाको अधिकृत भए तापनि आपूलाई गिरफ्तार गर्ने गरी दिएको आदेश अटेर गरेमा वा त्यस्तो गिरफ्तारीको आदेश दिने अधिकृतलाई हमला गरेमा वा निज उपर आपराधिक बल प्रयोग गरेमा,
(ख) कानुनबमोजिम कुनै व्यक्तिको हिरासतमा रहँदा आपूलाई हिरासतमा राख्ने व्यक्ति यस ऐनको क्षेत्राधिकारभित्र पर्ने वा नपर्ने भए तापनि वा निज आपूभन्दा माथिल्लो अधिकृत भए वा नभए तापनि निजमाथि हमला गरेमा वा बल प्रयोग गरेमा,
(ग) आपूलाई पक्राउ गर्ने वा जिम्मा लिने कर्तव्य भएका कुनै व्यक्ति वा एस्कर्टलाई बाधा पुयाएमा,
(घ) सैनिक प्रहरी प्रमुख वा निजको तर्पबाट कानुनीरूपमा काम गर्ने कुनै व्यक्तिको काममा बाधा पुर्याएमा वा निजले आफ्नो कर्तव्यपालन गर्न मद्दत माग्दा नदिएमा,
(ङ) नेपाली सेनाको निमित्त माल सामान वा रसद ल्याउने कुनै व्यक्तिमाथि हमला गरेमा वा आपराधिक बल प्रयोग गरेमा ।